३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

नेपाल-भारत सीमानाकामा सुरक्षा कडाइ

कैलालीसँग जोडिएका नेपाल-भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो।

सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद  व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्नसक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

‘सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो,’ उनले भने, ‘शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गरी सहयोग गर्न सबैमा अनुरोध गरिन्छ।’

परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ। रासस

प्रकाशित: १८ मंसिर २०८२ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App