२६ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

वीर अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि वीर अस्पताल परिसरमा प्रहरी तैनाथ गरिएको छ।

मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको शुक्रबार वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको थियो।

अहिले अस्पताल परिसरमा गणेशका आफन्त लगायत सर्वसाधारणहरू भेला भएका छन्। अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई तैनाथ गरिएको हो।

प्रकाशित: २६ असार २०८३ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App