१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्धार

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ।

गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीका कारण नदीको बिच टापुमा फसेका थिए। सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन्। उनीहरूको अवस्था भने सामान्य रहेको उनले बताए।

प्रकाशित: २६ असार २०८२ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App