१ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

पहिरोको त्रास बढेपछि सुनछहरीका विद्यालय पाँच दिन बन्द

भिषण वर्षाका कारण बाढी पहिरोको जोखिम अत्यधिक बढेपछि रोल्पाको सुनछहरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भदौ १ देखि ५ गतेसम्म सबै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।

साउन २८ देखि उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेको र सडक अवरुद्ध हुनुका साथै पहिरोको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्ने निर्णय भएको हो।

अत्यधिक वर्षाका कारण यो क्षेत्र र आसपासमा बाढी तथा पहिरोमा परी ५ दिनमा १७ जनाको ज्यान गएको छ। वर्षाका कारण गाउँपालिका भित्रका धेरै घरगोठ र विद्यालयसमेत जोखिममा रहेको बताइएको छ।

पैदल मार्ग समेत पहिरोले भत्काएपछि विद्यार्थी एवं स्थानीयको आवतजावतमा समेत समस्या भएको छ।

प्रकाशित: १ भाद्र २०८३ १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App