१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

महोत्तरीको बर्दिबासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता भएका छन्।  

बर्दिबास नगरपालिका–१२ मा रहेको जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्ने स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर विद्यालय गएपछि अहिलेसम्म घर फर्केका छैनन्, उनका काका प्रमोद पासवानले भने। गौतम बेपत्ता भएपछि परिवारले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन्।  

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बमले परिवारले बालक खोजतलासका लागि निवेदन दिएपछि प्रहरी टोलीले गौतमको खोजी गरिरहेको बताए।

प्रकाशित: २२ भाद्र २०८२ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App