२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

अभद्र गालीगलौज गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ

सामाजिक सञ्जालमार्फत अभद्र किसिमको गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई  प्रहरीले पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले रास्वपा नेता यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे।

सामाजिक सञ्जालमा रास्वपा नेता यादवले गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि उनलाइ नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एक-अर्काविरुद्ध अभद्र अभिव्यक्ति दिने क्रम बढिरहेका बेला रास्वपा नेताको पक्राउलाई स्थानीयस्तरमा चासोको बिषय बनेको छ ।

प्रकाशित: २७ श्रावण २०८३ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App