२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

रोल्पा पहिरो : घर पुरिँदा बेपत्ता तीन जनाको शव फेला

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।

शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा बिहान ११:३० बजे तीनै जनाको मृत अवस्थामा शव फेला परेको रोल्पा प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा सुनछहरी गाउँपालिका–२ बस्ने ७७ वर्षीय वीरु घर्ती मगर, सोही स्थानका बस्ने ६८ वर्षीया सनी घर्ती मगर र ३. सोही ठाउँ बस्ने ७० वर्षीया लली घर्ती मगर रहेका छन्।

प्रकाशित: २९ श्रावण २०८३ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App