२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार, न्यायाधीशहरूको कति ?

सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गत साउन १ गतेदेखि लागु हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको हो।  

नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य तथा महान्यायाधिवक्ताको मासिक तलब ९३ हजार ५४७ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, उच्च अदालतका मुख्य न्यायाधीशले ९० हजार ६४० रुपैयाँ र उच्च अदालतका न्यायाधीशले ८४ हजार ५९० रुपैयाँ मासिक तलब पाउनेछन्। जिल्ला न्यायाधीशको तलब ७७ हजार ११० रुपैयाँ तोकिएको छ।

संवैधानिक निकायका प्रमुखहरूको मासिक तलब सर्वोच्च अदालतका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ कायम गरिएको छ। अन्य संवैधानिक पदाधिकारीले भने मासिक ८५ हजार ४२६ रुपैयाँ पाउनेछन्।

संघीय संसदतर्फ महासचिवको मासिक तलब ८४ हजार ९३२ रुपैयाँ तथा सचिवको तलब ७९ हजार २९० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: २९ श्रावण २०८३ १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App