२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट, आजै शपथ लिँदै

सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री पदका लागि भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेस गरेका थिए।

भट्टको दाबीलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए। आवश्यक समर्थनसहित दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिने भएका छन्। भट्टसँगै प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको पनि शपथ दिउँसो ३ बजे हुने कार्यक्रम छ।

नयाँ सरकार गठनसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक नेतृत्वमा नयाँ समीकरणसहितको सरकार अघि बढ्ने भएको छ।

प्रकाशित: २९ श्रावण २०८३ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App