२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

रोल्पा पहिरो : गामको फलबाङमा बेपत्ता चारै जनाको शव भेटियो

रोल्पाको सुनछहरी गाउँपालिका–२ गामको फलबाङमा बिहीबार राती पहिरोमा परि पुएिएका चारै जनाको शव भेटिएको छ।

सुनछहरी गाँउपालिका–२ फलबाङका ७७ वर्षीय बिरु घर्ती मगर, ६८ वर्षीया शनि घर्ती मगर, ७० वर्षीया लली घर्ती मगर र सुनछहरी गाउँपालिका–२ गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्ती मगरको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।

गए राती अविरल वर्षाका कारण सुनछहरी गाँउपालिका–२ फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्ती मगर र सुनछहरी गाउँपालिका–२ गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्ती मगरको घर माथिबाट आएको पहिरोले पुरेको थियो।

रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता चारै जनाको शव फेला परेको छ।

मृतक बिरु र शनि श्रीमानश्रीमती हुन् भने अर्को एकजना छिमेकी आफन्ती हुन्। राति पहिरोले घर पुरेको खबर प्रहरीले बिहान अबेला जानकारी पाएको थियो।

जिल्लाकै थवाङ–५ कोटलबारामा बुधबार राती गएको पहिरोका कारण १० जनाको मृत्यु भएको थियो। उक्त पहिरोमा परेका थप ३ जना भने अझै फेला परेका छैनन्। प्रहरीले उनीहरूको खोजिकार्य भइरहेको बताएको छ।

प्रकाशित: २९ श्रावण २०८३ १७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App