२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जेन-जी प्रदर्शनमा विस्थापित चार चौकीको पुनर्स्थापना

जेन-जी आन्दोलनको क्रममा सुरक्षा थ्रेट भएको भन्दै विस्थापित प्रहरी युनिट शनिबारदेखि पुनर्स्थापना गरिएको छ ।

गत २४ गते जेन-जी युवाको प्रदर्शनको क्रममा प्रहरी चौकीमा आक्रमण भएको थियो ।  

सोही क्रममा इलाका प्रहरी कार्यालय शिवनगर, प्रहरी चौकी विर्ता, प्रहरी चौकी हर्षाहा र प्रहरी चौकी छेदिचौकको प्रहरी युनिट विस्थापित भएर इलाका प्रहरी कार्यालय गरुडा र इप्रका कतहरियामा गाभिएका थिए ।

पछिल्लो पटक जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि स्थानीयको माग अनुसार प्रहरी युनिट शनिबारदेखि बन्दोबस्तीका सामानसहित पुनर्स्थापित गरिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।

यसैगरी आन्दोलनको क्रममा क्षति पुगेका प्रहरी युनिट मर्मत सम्भारका लागि स्थानीयले चन्दा सङकलनमा गरि मर्मतमा जुटेका छन ।  

जेन-जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सवैभन्दा बढी क्षती भएको छ ।  

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा गरेको आक्रमणको कारण १४ जना थुनुवा समेत भागेका थिए ।

प्रकाशित: २८ भाद्र २०८२ १६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App