१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन् । 

उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । परियार सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् ।

उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी थिइन् । 

अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा गएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली सोमबार राति नै खटिएको उनले बताए।  

प्रकाशित: ३१ भाद्र २०८२ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App