१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

प्रतिकूल मौसमका कारण त्रिशूली-३ ‘ए’ मा उद्धार कार्य चुनौतीपूर्ण बन्दै

रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने काम थप तीव्र पारिएको छ।

सुरुङभित्र मानिस फसेको जानकारी आएपछि लेदो र भग्नावशेष पन्छाउँदै प्रवेशद्वार खोल्न नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

उद्धारमा सहयोग गर्न आएको भारतीय टोली पनि त्रिशूली पुगेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक अनुगमन गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

प्रकाशित: १३ भाद्र २०८३ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App