१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

रसुवाको हाइड्रो सुरुङमा फसेकाको उद्धार जारी, सेनाले दुई जनालाई निकाल्यो

रसुवास्थित जलविद्युत आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसको नेपाली सेनाले आज (शुक्रबार) बिहानैदेखि उद्धार तीव्र पारेको छ।

जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बिच उद्धारमा खटिएको सेनाको टोलीले हालसम्म दुई जनालाई सकुशल बाहिर निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ। सुरुङभित्र अझै कति मानिस फसेका छन् भन्ने यकिन भइसकेको छैन। सेनाले उनीहरूको खोजी गरिरहेको छ भने सुरक्षित बाहिर निकाल्ने प्रयास जारी राखेको छ।

अप्ठ्यारो अवस्थामा रहेको सुरुङभित्र उद्धारका लागि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरेको छ। जोखिमपूर्ण अवस्थाका बीच टोलीले बाँकी मानिसको खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १२ भाद्र २०८३ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App