२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सुत्केरीको हेलिकप्टरबाट उद्धार

जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । 

सुत्केरी व्यथा लागेर आएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले जानकारी दिए । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सो उद्धार गरिएको हो । रासस

प्रकाशित: १० वैशाख २०८३ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App