१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

वैदेशिक रोजगारसम्बन्धी समस्या ‘अनलाइन पोर्टल’मार्फत दर्ता गराउन आग्रह

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रियालगायतका समस्या समाधान गर्न कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरद्वारा केही समय अगाडि सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमार्फत दर्ता गराउनु अनुरोध गरेको हो।

दूतावासले आज सूचना जारी गरेको थियो। सो सूचना अनुसार निवेदन दर्ता गर्नका लागि खोजतलास, उद्धारको हकमा खोजतलास गर्नुपर्ने व्यक्तिको राहदानी, इमिरेट्स कार्डको प्रतिलिपि, कार्यरत इमिरेट्स र कुन कम्पनीमा काम गर्ने हो सो कम्पनिको विवरण, निवेदन दिने व्यक्तिसँगको नाता र सम्पर्क नम्बर, क्षतिपूर्तिसँग सम्बन्धित निवेदन कानुनी हकवाला व्यक्तिले स्थानीय तह वा कन्सुलर विभागबाट मात्र दिन सक्ने व्यवस्था गरिएको दूवावासले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०८२ २१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App