१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्‍याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरेका छन्।

पर्सा जिल्लाका अधिकारी दाहालले सर्वसाधारण व्यक्तिहरूलाई आवश्यकता नपरी घर बाहिर ननिस्कन र जुलुसमा सहभागी नहुनसमेत अनुरोध गरेका छन्।

अधिकारी दाहालले भावनामा बगेर कानुन हातमा लिने वा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य पूर्णतः दण्डनीय हुने बताउँदै त्यसो नगर्न अपिल गरेका छन्।

प्रकाशित: १५ श्रावण २०८३ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App