४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

कास्की जिल्ला प्रशासन कार्यालयले अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रशासनले आज सूचना जारी गर्दै जेनजी प्रदर्शनका क्रममा यही भदौ २३ र २४ गते जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा अवाञ्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदि तोडफोड, आगजनी तथा लुटपाट भएको जनाएको छ।

त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न गत राति १०ः०० बजेदेखि नेपाली सेनासहित जिल्लास्थित सुरक्षा निकाय परिचालन भइसकेको र जिल्लामा शान्ति सुरक्षा सामान्य बन्दै गएको सूचनामा उल्लेख गरिएको छ।

यस विषम परिस्थितिमा आमसर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ। कुनै अवाञ्छित तथा अराजक गतिविधि भएमा नेपाली सेनाको ०६१–५८११६०, ९७६३२४६०२२, नेपाल प्रहरीको ९८५६०३९५९९, सशस्त्र प्रहरी बलको ०६१–५४४०८८, ९८५१२७२२०८० र १११४ (टोल फ्रि) मा सम्पर्क गरी खबर गर्न सबैमा प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: २५ भाद्र २०८२ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App