बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बचाउ नागरिक अभियानले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ ।
समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो । गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाे थियाे।
समितिका संयोजक धु्रवबहादुर गुरुङले समितिले गरेको सिफारिस प्राथमिकताको १ नम्बरमा गुम्बा विकास समितिलाई राखिएकाले बौद्ध धर्मवालम्बीहरूमाथि प्रहार भएको बताए।
गुम्बा विकास समितिले गुम्बा, विहार, वाहवाहीमार्फत बौद्ध दर्शनको प्रवर्द्धन गर्न बौद्ध दर्शन, शिल, समाधि, प्रज्ञा, आगम, अभिषेक, धर्मदेशना, पञ्चशील, आर्य अष्टाङ्गिक मार्ग जस्ता बौद्ध शिक्षा जनमानससम्म पु¥याउन भूमिका खेलिरहेकाले खारेज नगर्न आग्रह गरेको छ।
प्रकाशित: २९ वैशाख २०८३ १९:५१ मंगलबार





