सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने भएका छन्।
भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
सरकारको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएका छन्।
‘सरकारले पहिलेदेखि अप्ठेरो पारिरहेको थियो। म कानुनी लडाइँमा जान्छु।’ उनले आफूनिकट व्यक्तिहरूसँग भनेका छन्।
प्रकाशित: १८ कार्तिक २०८३ १४:५० बुधबार





