१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

इलाममा राहत वितरण धमाधम

राहत वितरणमा सक्रिय उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेल, यातायात व्यवसायी गृष्म सुब्बा ।

असोज १८ गतेको बाढी पहिरोको विपद्मा परेका इलामे नागरिकको उद्धारसँगै राहत वितरणको कार्य जारी रहेको छ ।  

जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयको अनुमति र पालिकाहरूको समन्वयमा एकद्वार प्रणालीबाट राहत वितरण  थालेको जनाएको छ ।  

नेपाली सेना, विभिन्न सामाजिक संघ संस्थाको अगुवाइ तथा पालिकाहरूको समन्वयमा असोज १९ गतेदेखि नै राहत बाँड्न थालिएको प्रशासनले जनाएको छ ।  

राहत वितरणको काममा नेपाली सेना, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाको सक्रिय सहभागिता छ ।  

इनपा १० माइखोलाको टापु क्षेत्रका ३८ परिवारमा पाल, ब्लाङकेट, लत्ताकपडासहित चामल, गेडागुडी, मसलासहित विभिन्न खाद्यान्न परिकार वितरण गरिएको छ ।  

त्यस्तै इनपा-६ को भालुढुंगा, खरेल डाँडा, घोष गाउँ, बालन गाउँ, बरबोटे, गढी गाउँ, मलातेमा राहत वितरण गरेको छ ।  

त्यस्तै माङसेबुङ गाउँपालिकाको गजुरमुखी, सन्दकपुर गाउँपालिका, माई नगरपालिका, माइजोगमाइ गाउँपालिका तथा सुर्योदय नगरपालिकाका पहिरो प्रभावित क्षेत्रमा राहत बाँडिएको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइँले जानकारी दिए । 

प्रकाशित: २३ आश्विन २०८२ १९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App