सिरहाको नवराजपुर गाउँपालिका ५ झाझपट्टीका आगलागी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।
पीडित बालकृष्ण यादवको परिवारलाई सोमबार स्थानीय समाजसेवी जयकृष्ण यादवले खाद्यान्न र लताकपडा वितरण गरेका हुन् । भदौ ४ गते राति विद्युत सर्ट भएर आगलागी हुँदा यादवको घर, खाद्यान्न र लताकपडा जलेर नष्ट भएको थियो ।
आर्थिक रुपमा विपन्न यादवको सम्पतीको नाममा फुसको छाप्रो मात्र छ । जसमा पाँचजनाको परिवार ओत लागेर बस्दै आएका थिए । दुई छोरी र एक छोरासहितका यादव दम्पतीलाई आगलागीपछि हातमुख जोड्नै समस्या भएको छ ।
यो राहतले आफूलाई ठूलो सहयोग पाएको महसुस भएको पीडित यादवले बताए ।
प्रकाशित: ९ भाद्र २०८२ १५:५७ सोमबार



-600x400.jpg)

