१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कोशी ब्यारेजमा रातो बत्ती बालियो, ३४ ढोका खोलिए

फाइल तस्बिर।

सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन्।

दिउँसो ३ बजे दुई लाख ४९ हजार १०५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा ३२ ढोका खोलिएका थिए। आइतबार राती १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुग्दा ३१ ढोका खोलिएका थिए।

प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएका छन्। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ।

सोहीअनुसार अहिले रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो।

प्रकाशित: १६ भाद्र २०८२ २१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App