१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

रसुवा बाढी : ४६९ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी

फाइल तस्बिर

रसुवा जिल्लामा आएको भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। 

नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला पारिएको छ। फेला परेका शवहरूको विवरण अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, न.प.पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र न.प.पश्चिममा २७ जना रहेका छन्।

घटनामा परेर घाइते तथा उद्धार गरिएकाहरूको संख्या एक हजार ५४५ पुगेको छ। यसमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा तीन जनाको उद्धार भएको छ। साथै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या ८४ रहेको छ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म चार हजार ३४८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

प्रकाशित: १२ भाद्र २०८३ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App