९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

राईनास नगरप्रमुखको गाडी दुर्घटना

लमजुङको राईनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ सवार गाडी दुर्घटनामा परेको छ।

राईनास नगरपालिका–६ सिम्लेमा आइतबार मेयर गुरुङको गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यलयका अनुसार गाडीको ब्रेक फेल भएपछि सम्भावित ठुलो क्षतिबाट बच्न चालकले गाडी भित्तामा ठोक्काएका थिए।

दुर्घटनामा मेयर गुरुङ र चालक दुवै जना सकुशल रहेका छन्। उनीहरूलाई कुनै पनि प्रकारको गम्भीर चोटपटक नलागेको प्रहरीले जनाएको छ।

भित्तामा ठोक्किएपछि गाडी भने पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

प्रकाशित: ३० चैत्र २०८२ १८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App