अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ।
अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको खोटाङ जिल्लाको लामीडाँडामा पछिल्लो ३ धण्टामा ६९.८ मिलिमिटर पानी परेको छ।
पानी पारेको उक्त प्रणाली पूर्व सर्ने क्रममा रहेकोले आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: ५ वैशाख २०८३ १७:५७ शनिबार





