२८ माघ २०८२ बुधबार
image/svg+xml
समाज

ऋण लिएर उब्जाएको केरा हुरीले उडायो

गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ।

सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति पुगेको हो।

आठवर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ छ लाख बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए।

उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ। करिब १३ लाखभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए।

वर्षेनी बाढीले केराखेतीमा १० लाखदेखि २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ।

त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन्।

जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्‌मा ठूलो क्षतिको सामना गर्दै आएका छन्।

जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले जानकारी दिए।

प्रकाशित: २१ आश्विन २०८२ १५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App