१ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई

क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन्।

उनले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। नेपालमा नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने उनी पहिलो नेपाली हुन्।

रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यम लगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण प्रस्तुत गरेका थिए। विद्यावारिधि अघि उनले सिर्जना कलेज अफ फाइन आर्टस, लाजिम्पाटबाट नृत्यमा स्नातक तथा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भारतनाट्यम नृत्यमा स्नात्तोकत्तर गरेका हुन्।  

प्रकाशित: ३० आश्विन २०८३ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App