१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी हुने

ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा  विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी  गरिने भएको छ। आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी विराटनगर स्थित माडवाडी सेवा सदनमा माघ २८ गतेदेखि फागुन ४ गतेसम्म प्रदर्शनी  आयोजना हुने जानकारी दिएको हो।

ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्तिकला, हस्तकला तथा अन्य सृजनात्मक कलाका कृतिहरू प्रदर्शनीमा समावेश गरिने प्रादेशिक ललितकला प्रदर्शनीकी प्रचारप्रसार संयोजक प्राज्ञ गंगा सुवेदीले जानकारी दिइन्। 

विगत दुई वर्ष देखि नेपालका सातवटै प्रदेशमा निरन्तर रूपमा ललितकला प्रदर्शनी आयोजना गर्दै आएको  उनको भनाई छ।  कला र संस्कृतिको माध्यमबाट प्रदेशलाई सशक्त र पहिचानयुक्त बनाउन  प्रादेशिक ललितकला आयोजना गर्न लागिएको हो। प्रादेशिक ललितकला प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष सञ्जय बान्तवाले प्रदर्शनीमा  १६४ जना सर्जकहरूको  दुई सय वटा कलाकृतिहरू समावेश गरिने छ।

 जस अन्तर्गत आधुनिक चित्रकलातर्फ एक सय जना, परम्परागत कलामा ५ जना, मूर्तिकलामा १७ जना, लोककलामा १० जना, हस्तकलामा १० जना तथा अन्य सृजनात्मक कलातर्फ १७ जना सहभागी हुने छन्। प्रदर्शनीका लागि हाल १४ वटा जिल्लाबाट विभिन्न विधाका कला कृतिहरू संकलन गरिएको छ।  तीमध्ये उत्कृष्ट कृतिहरू छनोट गरी केन्द्रस्तरमा आयोजना हुने प्रदर्शनीमा राखिने  जनाइएको छ । 

प्रकाशित: २८ माघ २०८२ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App