सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार बिहानैबाट उपत्यकाका तिनै सहरमा प्रदर्शन थप आक्रामक भएको छ । काठमाडौँको कलङ्कीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । त्यहाँ ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ।
त्यस्तै भक्तपुरमा पनि युवाहरू भेला हुन थालेका छन्। काठमाडौँको बानेश्वरक्षेत्रमा समेत केही युवाले प्रदर्शन गरेका छन् । ललितपुरका चापागाउँ सुनाकोठी क्षेत्रपनि तनावग्रस्त रहेको छ। विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन्।
प्रकाशित: २४ भाद्र २०८२ १०:१८ मंगलबार




