४ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

बालिकाको बला*त्कारपछि हत्याविरुद्ध सडकमा उत्रिए रौतहटका युवा

<br>

बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार साँझ युवाहरूले दीप प्रज्वलनसहित प्रदर्शन गरेका छन्।

बालिकामाथि भएको जघन्य अपराधको विरोधमा स्वतःस्फूर्त सडकमा उत्रिएका युवाहरूले चन्द्रनिगाहपुर बजारमा प्रदर्शन गर्दै दबाबस्वरूप केही समय पूर्व-पश्चिम महेन्द्र राजमार्गसमेत अवरुद्ध पारेका थिए।

‘बालिकामाथिको हिंसा बन्द गर’, ‘बलात्कारीलाई कारबाही गर’ लगायतका नारा लगाउँदै प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा युवाहरूले बालबालिकामाथि हुने यौन हिंसा नियन्त्रणका लागि राज्यले प्रभावकारी सुरक्षा र कडा कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

मृत बालिकाप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको उक्त प्रदर्शनका कारण केही समय चन्द्रनिगाहपुर बजार र राजमार्गको सवारी आवागमन प्रभावित भएको थियो।

प्रकाशित: ४ भाद्र २०८३ २०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App