१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

हेटौंडाबाट ९ हजार क्याप्सुल ट्रामाडोल बरामद, एक पक्राउ

मकवानपुर प्रहरीले ठूलो परिमाणमा नियन्त्रित औषधि ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका-१३, आदामार स्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका स्थानीय ३० वर्षीय प्रविन लामालाई राति करिब ८ बजे जाँच गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल बरामद भएको थियो।

पक्राउ परेका लामासँगको सोधपुछका क्रममा उनले उक्त लागूऔषध हेटौँडा-१२ बस्ने अर्का व्यक्तिबाट खरिद गरेको बताएका थिए।

लामाको बयानको आधारमा प्रहरी टोली बिक्री गर्ने व्यक्तिलाई पक्राउ गर्न जाँदा ती व्यक्तिले प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए।

प्रहरीले उक्त झोला खोलेर हेर्दा थप ६ हजार क्याप्सुल ट्रामाडोल फेला पारेको हो। प्रहरीले बरामद गरिएको ९ हजार क्याप्सुल ट्रामाडोलसहित प्रविन लामालाई नियन्त्रणमा लिएको छ।

उनलाई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। फरार रहेका अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८२ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App