२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

पोखरामा सार्वजनिक पद ओगटेका व्यक्तिको सम्पत्ति निशानामा

<br>

जेनजी आन्दोलनले पर्यटकीय सहर पोखराको अवस्था पनि अस्तव्यस्त बनेको छ। जेनजी पुस्ताले पोखराका विभिन्न ठाउँमा आगजनी र तोडफोड गरेका छन। आन्दोलनमा उत्रेका उनीहरुले राजनीतिक दलका नेताहरु र उनीहरुका सम्पत्तिलाई लक्षित गर्दै तोडफोड र आगजनी गरेका हुन्।  

आन्दोलनमा उत्रेका जेनजीले पोखरा महानगरपालिकामा तोडफोड र आगजनी गरेका छन। महानगरका मेयर धनराज आचार्यको निवास सहित आचार्यको लगानी रहेको पोखरा इभेन्ट सेन्टरमा पनि तोडफोड र आगजनी गरेका छन। ठाउँठाउँमा तोडफोड र आगजनी गर्दै उत्रेको समूहको पहिलो निशाना नै सार्वजनिक पद ओगटेका व्यक्तिको सम्पत्ति बनेका छन्। त्यस्तै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको पोखराको नयाँबजारस्थित घर तोडफोड पनि भएको छ।  

मोटरसाइकलमा हुँइकिएका युवाहरुको भीडले यत्रतत्र दौड्दै छानिछानि सम्पत्तिमा आगजनी र तोडफोड गरेका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका मुख्यमुख्य ठाउँमा बिहानैदेखि कर्फ्यू आदेश गरेपनि प्रर्दशन रोकिएको छैन। पोखराको सभागृह चोकबाट निस्केको जुलुस न्यूरोड हुँदै विभिन्न ठाउँमा दौडादौड गरिरहेको छ।

प्रकाशित: २४ भाद्र २०८२ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App