३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त

राष्ट‍्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले मोहनप्रसादको असमायिक निधनले दुःखी तुल्याएको बताएका छन्। साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना उनले गरेका छन्।

'नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ,' उनले भनेका छन्, 'यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।'

प्रकाशित: २९ फाल्गुन २०८२ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App