११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

वीरगञ्जमा निषेधाज्ञा जारी

फाइल तस्बिर

पर्साको वीरगञ्जमा दुई समुदाय प्रदर्शनमा उत्रिएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्। वीरगञ्ज उपमहानगरपालिकाका चार स्थानमा सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा आज दिउँसो १ बजेदेखि लागू गरिएको छ। विभिन्न चार स्थान बसपार्क (पूर्व), सिर्सिया पुल (पश्चिम), पावर हाउस चौक (उत्तर) र शंकराचार्य गेट (दक्षिण) बीचको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न रोक लगाइएको छ।

धनुषाको कमला नगरपालिका-६ स्थित सखुवामा हिन्दु-मुस्लिमबीच भएको विवादका कारण वीरगञ्जमा दुई समुदाय प्रदर्शनमा उत्रिएका छन्। मस्जिद तोडफोड, आगजनीलगायतका घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए।

त्यस्तै हिन्दुको मन्दिर तथा देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: २१ पुस २०८२ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App