२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनः कर्णाली प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ एमालेकी मिना सिंह रखाल र अन्यतर्फ कांग्रेसका ललितजंग शाही विजयी भएका छन्।  

महिलातर्फ एमालेकी रखालले तीनहजार १४५ मतभारसहित जित निकाल्दा उनकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतरा शाहीले एक हजार ७३४ मतभार प्राप्त गरिन्।  

अन्यतर्फ कांग्रेसका शाहीले तीन हजार २७८ मतभारसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपाका बुद्धीप्रसाद शर्मा एकहजार ६३९ मतभार मात्रै प्राप्त गरे।  

प्रकाशित: ११ माघ २०८२ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App