३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बाढीपीडितलाई निजी विद्यालयद्वारा सहयोग

फाइल तस्बिर

भोटेकोशी बाढीपीडितलाई बागलुङका निजी विद्यालयले रु १२ लाख बढी रकम सहयोग गरेका छन्।  

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १२ लाख ७७ हजार ६३३ सहयोग गरिएको छ।  

प्याप्सनमा आबद्ध विद्यालय, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन गरी रु आठ लाख २४ हजार ७४१ र प्याप्सन केन्द्रमार्फत सरकारलाई पाठाइएको प्याप्सनका अध्यक्ष दल थापाले जानकारी दिए।

भोटेकोशी-त्रिशूली नदीमा यही भदौ १० गते गएको बाढी तथा विपद्का पीडितको राहत र उद्धारमा सघाउने उद्देश्यले प्याप्सन बागलुङले जिल्लाभरका सदस्य विद्यालयमार्फत राहत सङ्कलन अभियान सञ्चालन गरेको थियो। रासस

प्रकाशित: ३० भाद्र २०८३ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App