नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकास रुम्बालाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निजलाई आज बालाजुबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको उनले जानकारी दिए ।
प्रकाशित: ६ चैत्र २०८२ १९:५७ शुक्रबार





