३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

प्रदीप-किरण द्वन्द्व : मन्त्रीको समर्थनमा वीरगन्जमा प्रदर्शन, किरणलाई कारबाही माग

खानेपानी मन्त्री प्रदीप यादवको बचाउ गर्दै स्थानीय कार्यकर्ताहरुले मंगलबार वीरगन्जमा प्रदर्शन गरेका छ्न्। सोमबार किरण साहका आफन्तहरुले गरेको प्रहरी र मन्त्री यादवविरुद्ध प्रदर्शन गरेका थिए । 

नेपाल खानेपानी संस्थान संचालक समितिका सदस्य सल्मा खातुन र मधुमाला यादवले अगुवाई गरेको प्रदर्शनमा मन्त्री समर्थित कार्यकर्ताले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रदर्शन गरेका हुन्। खातुन र यादव अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पनि हुन्। 

पानीको अभाव भएको समयमा खटिएर सहयोग गरेका खानेपानी मन्त्रीलाई धम्की दिएर बदनाम गरेको जिकिर गर्दै प्रदर्शनकारीले साहलाई कारवाही हुनुपर्ने माग गरे । 

वीरगन्जमा हैजा नियन्त्रणबाहिर रहेको र परिवारका सदस्य अस्पताल भर्ना भएको गुनासो गरेकी किरणलाई मन्त्री यादवको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

बारा कलैया उपमहानगरपालिका– २६, की किरणले ‘खानेपानी मन्त्री भएर वीरगन्जमा पिउने पानी कस्तो बाँड्नुभयो ? रोकथाम र नियन्त्रणका लागि के गर्नुभयो ?’ भन्दै धम्कीपूर्ण फोन गरेकी थिइन्।

यो पनि पढ्नुहोस्

खानेपानी मन्त्री यादवलाई फोनबाट धम्की दिने किशोरी चार दिनदेखि थुनामा

प्रकाशित: १७ भाद्र २०८२ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App