९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनबाट लयमा आउन नसकेका प्रहरीलाई रिफ्रेस गराइँदै

जेनजी आन्दोलनपछि नियमित गतिमा आउन नसकेका ट्राफिक प्रहरीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले रिफ्रेसमेण्टका निम्ति शनिबार फिल्म हेर्ने व्यवस्था मिलाएको छ ।

त्यसअन्तर्गत तल्लो दर्जामा कार्यरत ५० ट्राफिक प्रहरीलाई सिटी सेन्टरमा प्रदर्शनरत नेपाली फिल्म माइतीघर हेर्ने व्यवस्था मिलाइएको उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीले बताए । अर्को हप्ता उनीहरूलाई हाइकिङको व्यवस्था मिलाइएको छ ।

सधैं तनाव, धपेडी र विभिन्न किसिमका दबाबमा काम गर्नुपर्ने अवस्थामा मानसिक विश्रामका निम्ति यस्तो कार्य गरिएको अधिकारीले बताए । अघिल्लो शनिबार पनि उनीहरूलाई हाइकिङमा पठाइएको थियो ।  

आजको शनिबार एउटा टोलीलाई कार्यालय सरसफाईमा र अर्कोलाई फिल्म हेर्न पठाइएको हो । यस्ता मनोरञ्जनका गतिविधिले ट्राफिक प्रहरीलाई परेको मानसिक दबाब घटाउन निकै मद्दत पुग्ने उनले बताए ।

जेनजी आन्दोलनपछि उपत्यकाका सम्पूर्ण ट्राफिक कार्यालय ध्वस्त छन् । सरसफाई र पुनःनिर्माणको काम पनि चलिरहेको छ । खाना खाने मेस, सुत्ने व्यारेक र पोशाक पनि क्षति भएको स्थितबीच अहिले ट्राफिक काममा निस्किएको एसएसपी अधिकारीले बताए । ती ट्राफिकसँग सँगै बसेर खाना खाने, व्यक्तिगत समस्या सोध्ने र फुर्सदको समयमा अन्य मनोरञ्जनात्मक गतिविधि गर्ने गरेको उनले बताए ।

प्रकाशित: २५ आश्विन २०८२ १९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App