९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जुवातास खेल्ने १२ जना प्रहरी नियन्त्रणमा

दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ। 

यसैगरी, सोही नगरपालिका–३ देबीस्थानका डम्बर दमाईको घरमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ। उक्त स्थानबाट रु २१ हजार ८७५ नगद, तीन थान मोबाइल फोन, त्रिपाल १ थान बरामद गरेको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: ६ कार्तिक २०८२ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App