२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

बोराभित्र भेटिएको महिलाको शव पहिचान गर्न प्रहरीको अपिल

<br>

हेटौंडा उपमहानगरपालिका-१५ स्थित सेल्फी रोडको सामुदायिक वनमा बोराभित्र फेला परेको बेवारिसे महिलाको शव सनाखतका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक अपिल गरेको छ।

गत साउन २२ गते करिब ४ फिट गहिरो खाल्टोमा सेतो बोराभित्र भेटिएको उक्त शवको हालसम्म पहिचान हुन सकेको छैन।

प्रहरीका अनुसार मृतक महिलाको उमेर अन्दाजी ३० देखि ३२ वर्षको जस्तो देखिन्छ। उचाइ ५ फिट १ इन्च, तौल अन्दाजी ५०/५५ किलो, गहुँगोरो वर्ण, कालो लामो कपाल र गोलो अनुहार रहेको छ।

मृतकले अगाडि छातिको भागमा सेतो फुलबुट्टा भएको गुलाबी रङ्गको कुर्ता र सेतो सुरुवाल लगाएकी छन्। उनका दुवै हातमा हरियो-रातो रङ्गका १/१ वटा चुरा, दुवै खुट्टाको दोस्रो औंलामा चाँदीजस्तो देखिने बिच्छिया, नाकमा १ वटा फुली, घाँटीमा पहेँलो धातु र रातो मोती जडित माला, बायाँ कानमा सुनजस्तो देखिने पहेँलो धातुको मुन्द्रा र कपालमा सेतो रङ्गको बटरफ्लाई डिजाइनको काँटा रहेको छ।

उक्त हुलिया र सरसामानका आधारमा मृतकलाई पहिचान गर्ने आफन्त वा परिचित व्यक्तिले यथाशीघ्र जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: २५ श्रावण २०८३ १९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App