२५ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

मकवानपुरबाट पेस्तोल बरामद, १९ वर्षीय किशोर पक्राउ

मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिन बरामद गरिएको छ।

बागमती गाउँपालिका–९ बेतिनी अगौटेस्थित एक घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो।

बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो।

उक्त घटना सम्बन्धमा बागमती गाउँपालिका–९ बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २५ श्रावण २०८३ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App