सुनसरीको हरिनगर गाउँपालिका-६ मोहरम चोकमा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ।
हरिनगर गाउँपालिका- ६ का गथार मियाकी १८ वर्षीया छोरी अर्सी खातुनको हत्या भएको हो। उनको आइतबार राति २:३० बजे गोली प्रहार गरी हत्या भएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले नागरिकन्युजलाई जानकारी दिए।
खतिवडाका अनुसार किशोरीलाई उनकै भिनाजु भारत पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मियाले गोली प्रहार गरेको हुन्। के कति कारणले उनले गोली प्रहार गरे भन्ने बारेमा खुल्न नसकेको उनले बताए।
जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि मिया फरार छन्। फरार भएका मियाको खोजी भइरहेको डिएसपी खतिवडाले जानकारी दिए।
घटनास्थल भारतीय सीमा क्षेत्र मात्र ४०० देखि ५०० मिटरको दूरिमा रहेको छ।
प्रकाशित: ३० असार २०८२ ०९:०० सोमबार





