चासोक तङ्नाम(न्वागी खाने पर्व)को अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सार्वजनिक सूचनामार्फत याक्थुङ चुम्लुङ धर्मावलम्बीको चाड चासोक तङ्नामको अवसरमा एकदिन स्थानीय बिदा दिने निर्णय भएको बताएका छन् ।
पौडेलका अनुसार यो दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय र शिक्षण संस्था बिदा हुने छन् । स्वास्थ्य संस्थाबाट प्रदान गरिने अति आवश्यक बाहेकका अरु सबै सेवा बन्द हुने पनि नगरपालिकाले जनाएको छ ।

प्रकाशित: ३० कार्तिक २०८२ १८:४६ आइतबार





