१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

मुग्लिन-नारायणगढ सडक खुलेसँगै पेट्रोलियम आपूर्ति सहज

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा इन्धन ढुवानीमा असहज भई उपत्यकालगायत पृथ्वी राजमार्गमा देखिएको पेट्रोलियम पदार्थको अभाव अब सहज भएको नेपाल आयल निगमले जनाएको छ।

पहिरोका कारण ढुवानीमा समस्या भएपछि इन्धन आपूर्तिमा कठिनाइ भई पेट्रोल पम्पमा अभाव भएको थियो। 

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पृथ्वी राजमार्गअन्तर्गतका पेट्रोल पम्पमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले बताए। ‘राजमार्गअन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव छैन’, आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने।

प्रकाशित: ११ आश्विन २०८२ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App