२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकले आज बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको हो। दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बटुवालाई ठक्कर दिएपछि  नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पन्छी  मरेका छन्। ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २० भाद्र २०८२ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App