जिल्ला प्रशासन कार्यालयले यही असार २४ देखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ। प्रशासनले सोमबार सूचना जारी गर्दै राहदानी विभागको पत्रअनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो।
प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलले जारी गरेको सूचनामा राहदानीका आवेदन पेस गरेका तर अस्वीकृत भई पुनःआवेदन गर्नुपर्ने, विभागबाट राहदानी छपाइ भई आएकालाई मङ्गलबार कार्यालय समयभित्र सेवा लिन पनि आग्रह गरिएको छ। यही असार २९ गतेदेखि नयाँ राहदानी प्रणालीमार्फत आवेदन कार्य पुनः नियमित हुने प्रशासनले जनाएको छ।
प्रकाशित: २३ असार २०८३ ०६:४५ मंगलबार





