२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

राहदानी विभागले भन्यो- तोकिएको मिति र समयमा मात्र उपस्थित हुनू

राहदानी विभागले राहदानी आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र उपस्थित हुन सेवाग्राहीहरूलाई आग्रह गरेको छ।

विभागले एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीहरूलाई आफ्नो आवेदन फाराममा उल्लेख भएको मिति र समय पालना गर्न अनुरोध गरेको हो।

विभागमा हुने अनावश्यक भीडभाड नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित तथा सहज बनाउनका लागि आवेदन फारामकै समयतालिका अनुसार मात्र उपस्थित भइदिन विभागले ताकेता गरेको जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App