१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

बारामा बहुला कुकुरको टोकाइबाट ५० बढी घाइते

फाइल।

बाराको कलैयामा बहुला कुकुरले आतंक मच्चाउँदा ५० जनाभन्दा बढी घाइते भएका छन्।

मंगलबार कलैयाको दरबार चोक क्षेत्रमा कुकुरले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, कलैया–मटिअर्वा हुलाकी सडकखण्डको दरबार चोक नजिक कुकुरले बटुवा तथा स्थानीयलाई टोकेको हो।

प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष राकेश पाण्डेसहित ५० भन्दा बढी घाइते भएको जानकारी दिए।

घाइतेहरूको कलैया प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।

एसपी तामाङका अनुसार, अधिकांशलाई थप उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ‘रिफर’ गरिएको छ।

घटनापछि स्थानीय बासिन्दा आतंकित बनेका छन्। प्रहरीले आतंक मच्चाउने कुकुरलाई नियन्त्रणमा लिन एक टोली परिचालन गरेको जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App